२०८१ बैशाख १३, बिहीबार    

वाग्मती प्रदेशसभा माओवादी संसदीय दलको नेतामा जम्कट्टेल

२०७९ पौष १६, शनिबार १७:५४ बजे

वागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो । 

काठमाडौंमा शनिबार सम्पन्न संसदीय दलको बैठकले जम्कट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए । उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बताइएको छ ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।