२०८१ जेठ ५, शनिबार    

मकवानपुरमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

२०७८ फाल्गुन १०, मंगलबार १४:३२ बजे

हेटौंडा/ मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा मनहरी खण्डको हेटौंडा–१९, नेवारपानीको दारिमटारमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो । वस्तीपुरबाट नेपारपानी तर्फजाँदै गरेको वाग्मती प्रदेश ०३– ००५प– १५०३ नम्बरको मोटर साइकललाई ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरमा ठक्करखाँदा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय १७ बर्षिय सुदिप तितुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडा–फाखेल–काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । काठमाडौंबाट पालिकाकै कंलकीतर्फ आउँदै गरेको बा.५७ प ८५७० नम्बरको मोटरसाइकल पालिकाकै–२, सुकौरामा सडकबाट ४ सयफिट तल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।