२०८१ बैशाख २५, मंगलबार    

सात स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण

२०७८ फाल्गुन १४, शनिबार १९:३१ बजे

हेटौंडा/ साहित्य संगम मकवानपुरले शनिबार एउटै मञ्चमा ७ जना साहित्यकारलाई सम्मान गरेको छ । संगमले विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरुलाई सम्मानित गरेको हो । संगमले १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई सम्मान गरेको छ ।

संगमले भेषनाथ अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार मनोज भण्डारी सम्मान गरेको छ । सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गरिएको छ । मंगलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ । णकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएको छ ।

शेषजङ्ग स्मृति कथा पुरस्कारबाट हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएको छ । मुक्ति–तारा साहित्य पुरस्कार समीक्षक घनश्याम घिमिरेलाई प्रदान गरिएको छ । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।