२०८० चैत्र १६, शुक्रबार    

तामाङ चलचित्र ‘नाना आङा’ चैत्र दोस्रो सातामा प्रदर्शन हुँदै

२०७९ माघ २२, आईतबार १६:५५ बजे

तामाङ चलचित्र ‘नाना आङा’ फाल्गुण दास्रो सातामा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र यहि फाल्गुणको पहिलो सातादेखि प्रदर्शन हुने भएको हो ।

आईतवार हेटौंडामा पत्रकार सम्मेल गर्दै प्रदर्शनका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएकोे र चलचित्रको ‘प्रमियर शो ’ हेटौंडास्थित ओम्याक्स हलमा हुने निर्माण पक्षले जानकारी दिएको छ । जिम्बा फिसिम्स प्रोडक्सनको १२ औं प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेकका छन् भने जय स्याङतानको कथा लेखनमा तयार भएको हो ।

‘नाना आङा’ अर्थात ‘दिदिबहिनी’ को मुख्य भुमिका आधारित चलचित्रमा दिदिको भुमिका नायिका करिसा वाईबा र बहिनीको भुुमिकामा कल्पना वाईबा रहेकी छिन् । त्यसैगरी नायकहरु जय स्याङतान र सिताराम स्याङ्तान रहेका छन् । मनाङ , काठ्माण्डौं लयात हेटौंडाको विभिन्न क्षेत्रमा सुटिङ् गरिएको चलचित्र नेपाली चलचित्र भन्दा कम नभएको निर्देशक निमा लामाले जानकारी दिए । उनले तामाङ् चलचित्र भन्ने बित्तिकै जाँड रक्सी खाने भुमिका रहेको पाईयो भन्दै यो चलचित्र अलि फरक भएको बताए ।

उक्त चलचित्र हेटौंडा , काठ्माण्डौं , सर्लाही लगायत १२ वटा भन्दा हलमा प्रदर्शन हुने जनाईएको छ । उक्त चलचित्रमा गायककहरु विशाल काल्तान , जितु लोप्चन र गायिकाहरु सुभा तामाङ् , निर्मला घिसिङ् र शसिकला मोक्तान को श्वर रहेको छ ।

त्यसैगरी चलचित्रमा सुनिल लोप्चन , जगत मोक्तान , माया घलान , पुजा लामा , सुदिप श्रेष्ठ , च्याङ्बा गोङ्बा , राजेन्द्र गौतम , सुनलाल वाईबा , रााजकुमार स्याङतान , निर्मला पाख्रीन , शमिर थिङ् र रमा मोक्तान लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।