२०८१ बैशाख १५, शनिबार    

अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु

२०७९ चैत्र २३, बिहीबार १४:१६ बजे

अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।

रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । ‘रिहा भएपछि पहिलो सुटिङ हो’ पल निकट संगीतकर्मी योगेशकाजीले भने ।

छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युट्युवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन पहिलो हुनेछ । पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए ।

निर्माण कम्पनी केन्द्र मोसनसँग पलले यसअघि केही हिट गीतहरुमा सहकार्य गरेका छन् ।