२०८१ बैशाख ३१, सोमबार    

मेयरको अधिकार कटौती गर्न मिल्दैन : प्रवक्ता न्यौपाने

२०७९ असार १०, शुक्रबार १८:१८ बजे

हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले मेयरको अधिकार कटौती गर्न नमिल्ने बताएका छन् । नेकपा एमालेले मेयरको अधिकार कटौतीको माग राख्दै नगरसभा बहिष्कार गरेपछि पत्रकार सम्मेलन गर्दै हेटौंडा–१ का वडाअध्यक्ष समेत रहेको युवा नेता न्यौपानेले यस्तो दावी गरेका हुन् ।

‘मेयरको संलग्नाता विनाको निर्णय मान्य हु“दैन । बहुमतले निर्णय गर्ने भएपनि त्यसमा मेयरको संलग्नता अनिवार्य चाहिन्छ । त्यसकारण एमालेका साथीहरुले राख्नु भएको माग गलत छ ।’, प्रवक्ता न्यौपानेले मेयरको अधिकार कटौनी कानुन अनुसार नभएका कारण न्यायोचित नहुने दावी गरे ।

‘एमालेले बहुमतको दम्भले मेयरको अधिकार आफूमा तान्ने दुश्प्रयास गरिरहेको छ । यो कदापि ठिक होइन ।’, हेटौंडा उपमहानगरको वैठक कार्यविधि प्रदेश र संघीय कानुनस“ग नबाझिने उनले बताए । ‘संघ र प्रदेशको कानुनस“ग हामीले बनाएको कानुन बा“झिदैन ।’, उनले भने ।

तत्कालिन हेटौंडाको मेयर हरिबहादुर महतहु“दा र एमालेकै बहुमत रहेको अवस्थामा बनाइएको कानुन भएका कारण संशोधन नगर्ने पक्षमा सत्तारुढ गठबन्धन रहेको छ । एमालेको अवरोधका कारण हेटौंडाको नगरसभा आइतबारका लागि पुनः बोलाइएको छ । गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको थियो । नगरसभामा एमालेको बहुमत रहेको छ ।