२०८१ बैशाख १३, बिहीबार    

बानियाँद्वारा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह

२०८० जेठ ५, शुक्रबार ११:२५ बजे

नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले नेपाल प्रेस युनियन मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार बिहान हेटौंडा–५, सानोपोखरा चोकस्थित कांग्रेस बागमती प्रदेशको कार्यालयमा एक कार्यक्रमबीच बानियाँले नवनिर्वाचित कार्यसमितिलाई दोसल्ला ओढाएर बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । कार्यक्रममा बानियाँले नयाँ कार्यसमितिले संगठनको गरिमालाई थप उचाईमा पुर्याउन र आगामी दिनहरुमा लोकतन्त्रको रक्षाको निम्ति पत्रकारिताको माध्यमबाट निश्पक्ष कमल चलाउन आग्रह गरे ।

प्रेस युनियन मकवानपुरका नवनिर्वाचित अध्यक्ष सुबास बिडारीले अग्रजहरुको सम्मान तथा युवाहरुलाई प्रोत्साहन गर्दै युनियनमा रहेका सबैलाई समेटेर संगठनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिका, धादिङका मेयर भीम ढुंगाना, कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, कांग्रेस नेता तारानाथ चौलागाईं, प्रेस युनियनका बागमती प्रदेश उपाध्यक्ष सुजन बिडारीलगायतको सहभागीता रहेको थियो ।