२०८१ बैशाख १४, शुक्रबार    

शुभकामना आदानप्रदानमा डेंगुको चिन्ता

२०७९ आश्विन १४, शुक्रबार ०८:५६ बजे

नजिकिँदै गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा महामारीको रुपमा फैलिँदै गएको डेंगु रोगबारे चिन्ता व्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शुक्रबार आयोजित चियापान समारोहमा बोल्ने वक्ताहरुले यसवर्षको दशैं आफ्नो घर र टोल सरसफाइ गरेर डेंगुविरुद्ध लड्नुपर्ने समय आएको बताएका छन् ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उपमहानगरमा मात्र करिब दुईहजार जना डेंगु रोगका विरामी रहेको बताइन् । ‘डेंगु बढिरहेको छ । हामीले नियन्त्रणका लागि सरसफाइमा ध्यान दिनुको विकल्प छैन ।’, उनले डेंगु रोगको नियन्त्रण गर्न सवैले आआफ्नो स्थानबाट सहयोग गर्न जरुरी रहेको औंल्याइन् ।

महासंघ अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ पूर्वअध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।