२०८१ बैशाख १७, सोमबार    

भेटवालले महासमिति वैठकमा भने : गाँजाखेतीलाई वैधानिकता दिऔं

२०८० फाल्गुन ११, शुक्रबार १७:२८ बजे

नेपाली कांग्रेसको महासमिति वैठकमा गठबन्धनको विषयमा मत बाझिँदा नेपाल तरुण केन्द्रीय सदस्य राजेश भेटवालले भने फरकविषयको उठ्ठान गरेका छन् । उने गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखेका छन् ।

नेपाली कांग्रेसको चार दिन देखी सञ्चालित महासमितिको बैठकमा आफ्नो धारणा राख्दै भेटवालले मकवानपुरको विकट क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा लगाईने गाँजालाई अब सरकारले वैधानिकता दिन तर्फ लाग्नुपर्ने बताएका हुन् ।

केही दिन अघि सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतलाई गाँजा कृषि वैधानिकता सम्बन्धित प्रतिवेदन पेश गरेका थिए । उनले उक्त प्रतिवेशन कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको अवसरमा प्रतिवेशन पेश गरेका थिए । उनले महासमितिको बैठकमा उक्त विषय प्रस्तावको रुपमा टिप्न आग्रहका साथै बृहत छलफल गरी पारित गर्न समेत अनुरोध गरेका छन् ।

सरकारले अब यस विषयमा अध्ययन गरी आवश्यक कदम अघि बढाउनुपर्ने माग राखेका छन् । ग्रामीण भेगमा अत्याधिक गाँजा उत्पादन हुने र त्यसलाई राज्यबाट फँडानी गरिनुका साथै स्थानीयहरु भरियाको रुपमा अति सीमान्तकृत समूदायका चेपाङ दाजुभाईहरु पक्राउ परि भीमफेदी कारागार बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

तरुण दलका केन्द्रीय सदस्य समेत रहेका भेटवालले गठबन्धनको विषयमा भने ०८२ को अधिवेसन पछिको नेतृत्वले निर्णय गर्नुपर्ने मत राखेका थिए । उनले ०८४ मा हुने निर्वाचनमा अहिले नेतृत्वले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय गर्न नपाउने बताए । पार्टीको ०८२ मा हुने निर्वाचनले हुने नेतृत्वले मात्रै उक्त विषयको निर्णय गर्ने अधिकार रहने बताए ।