२०८१ बैशाख २६, बुधबार    

मकवानपुर ११ विजयी

२०७९ माघ २८, शनिबार १८:१२ बजे

पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उद्घाटन खेलमा आयोजकको मकवानपुर ११ विजयी भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई २–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । मकवानपुरकोे जितमा प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा मकवानपुरका विदेशी खेलाडी एल्यु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । खेलको फाइनल फागुन १० गते हुनेछ । विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आइतबार सातादोबाटो र एपीएफ क्लबबीच खेल हुनेछ ।