२०८१ बैशाख १३, बिहीबार    

दुग्ध सहकारीको कारोबार १९ करोड

२०७९ आश्विन १४, शुक्रबार १७:०८ बजे

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २९ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ ।

भीमफेदी–१, सामरीमा रहेको दुग्ध प्रशोधन उद्योग परिसरमा भएको सभामा संघले १९ करोड ३ लाख ७९ हजार ७६४ रुपैयाँ बराबारको कारोबार गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष बासुदेव अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

संघमा ४० वटा सहकारी संस्था आवद्ध रहेको छ । संघमा ७० हजार लिटर दुध भण्डारण क्षमता रहेको अध्यक्ष अधिकारीले बताए ।संघले आव २०७८/०७९ मा एककरोड ३८ लाख ४४ हजार ३५२ लिटर दूध खरिद गरिएको संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । एककरोड १३ लाख शेयर पुँजी रहेको संघमा एककरोड २३ लाख ८४ हजार १५४ रुपैयाँ जगेडा कोष रहेको छ ।

सभामा केन्द्रीय दुग्ध उत्पादक सहकारी महासंघका अध्यक्ष नारायणप्रसाद देवकोटा, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, मकवानपुरगढीका पूर्वअध्यक्ष विदुर हुमागार्इं, मकवानपुरगढी–४ वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा, निर्वाचन समितिका संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागार्इं, सदस्य वीरेन्द्र ढुङ्गानालगायतको आतिथ्यता रहेको थियो ।