२०८१ बैशाख ७, शुक्रबार    

प्रहरीद्वारा अवैध कपडा र पाउडर दूध बरामद

२०८० बैशाख ८, शुक्रबार १८:५० बजे

मकवानपुर प्रहरीले अबैधरुपमा भन्सार छलेर ल्याएको कपडा र पाउडर दूधको प्याकेट बरामद गरेको छ ।

विहीबार मध्यरातमा हेटौंडा–१०, बसपार्क प्रहरी चौकी र प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले कपडा र दूधको प्याकेट बरामद गरेको हो ।

हेटौंडा–१५, रातोमाटे र हेटौंडा–१० स्थित बसपार्कमा बस चेक गर्दा रौटहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ख १७३८ र सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ ख १२३३ नम्बरको याक्रुबाहक रात्रीबसको चेक गर्ने त्रममा करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको कपडा र दूध प्रहरीले वरामद गरेको हो ।

प्रहरीका अनुसार कपडा र दूधको प्याकेट आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ ।