२०८१ बैशाख १६, आईतबार    

मिलनटोल खानेपानी बोर्डमा हस्तान्तरण

२०८० असार १९, मंगलबार १०:२३ बजे

हेटौंडा–३, बसामाडीमा रहेको खानेपानी आयोजना हस्तान्तरण गरिएको छ ।

नगरवासीलाई १० हजार लिटरसम्म निःशुल्क पानी खुवाउने उपमहानगरको प्रतिवद्दता अनुसार हेटौंडा–३ बसामाडीमा मिलनटोल विकास संस्थाबाट सञ्चालित खानेपानी आयोजना हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र हेटौंडा–३ का वडा अध्यक्ष ढलकबहादुर थापाको उपस्थितिमा बोर्ड अध्यक्ष प्रताप विष्टलाई आयोजनाको जिम्मेवारी प्रदान गरिएको हो ।