२०८१ जेठ ७, सोमबार    

गठबन्धनद्वारा हेटौंडा–२ मा प्रतिबद्धतापत्र सार्वजनिक

२०७९ बैशाख १७, शनिबार १७:४४ बजे

हेटौंडा उपमहानगरपालिा–२ का सत्तारुढ गठबन्धनतर्फका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिबार सचिवालयमा पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

गठबन्धनतर्फ अध्यक्षका उम्मेदवार विष्णुगोपाल महर्जनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए । ‘सडक नभएको ठाउँमा सडक निर्माण गर्ने, नियमित सडक मर्मत सम्भार गर्ने र दैनिक सफाई गरी जनस्वास्थ्यमा विशेष ध्यान दिइनेछ ।’, उनले वडाअन्तर्गत्का सडकहरुको सडक अधिकार क्षेत्रभित्रका जग्गाहरुको लगत कट्टा गरी हाल साविक गरिने बताए । उनले हेटौंडा–५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षिय योजना तयार गरी सुरुवात गरिनेछ ।

‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ ।’, उनले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरी बृद्धबृद्धाहरुलाई विभिन्न क्रियाकलापमा संलग्न गराइने बताए । ‘शहरी स्वास्थ्य केन्द्र स्तरीकरण गर्ने, वडाभित्रका सम्पूर्ण ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरुको डाटा कलेक्सन गरी रेकर्ड राख्ने र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।’, उनले आवासीय क्रियापुत्री निर्माणका लागि पहल गरी शुरुवात गर्ने बताए ।

प्रतिबद्धता पत्रमा नेपाल संविधानले सुरक्षित गरेको शिक्षाको अधिकारबाट हाम्रो वडाको कुनैपनि बालवालिका बञ्चित नहोस् भन्नाका लागि राज्यले नि:शुल्क भन्दाभन्दै पनि तिनुपर्ने शुल्कहरु गरिव तथा अति विपन्नवर्गका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने उल्लेखछ ।
‘खानेपानी/बत्तीको न्यूनतम महशुल र स्वास्थ बीमा नि:शुल्क गराइनेछ ।’, घोषणपत्रमा हेटौंडा नगरको परिकल्पनाकार बासुदेव रिजालको संगमचोक स्थित प्रतिमा उचित व्यवस्थापन र संरक्षण नभएको हुादा व्यवस्थित तथा उचित संरक्षण गरिने उल्लेख छ ।

गठबन्धनबाट हेटौंडा–२ सदस्यमा इन्द्रप्रसाद रिजाल, सुरज बर्तौला, तारा ढुङ्गाना लामा र मैया परियार उम्मेदवार रहेका छन् ।