२०८१ बैशाख ४, मंगलबार    

बागमतीको पसलहरुमा चाडपर्व लक्षित अनुगमन गर्न वाइसिएलको ध्यानाकर्षण

२०७९ आश्विन ७, शुक्रबार १७:४६ बजे

मकवानपुरको बागमती गाउँपालिकाको पसलहरुमा चाडपर्व लक्षित अनुगमन गर्न गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) बागमतीले शुक्रबार गाउँपालिका अध्यक्ष सर्केश घलानलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पसलहरुमा उपभोग्य बस्तुहरु म्याद नाघेको भेटिएको, मूल्य सूचि नराखी बेचेको तथा सरसफाईमा समेत ध्यान नदिई उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुँदा पनि गाउँपालिकाले अनुगमनमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको वाईसिएल बागमतीका अध्यक्ष मुक्ति लामाले बताए । चाडपर्वको समयमा उपभोक्ताहरु ठगिने भएकोले समयमै अनुगमनलाई तीव्रता दिएर नागरिकलाई सहजता प्रदान गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको लामाले बताए ।

गाउँपालिका अध्यक्ष घलानलाई ध्यानकर्षण पत्र बुझाउँदै चाडपर्व नजिकिएकोले छिटो भन्दा छिटो अनुगमनलाई तीव्रता दिन लामाले अनुरोध समेत गरे । यसैक्रममा वाईसिएलको ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष घलानले यस बिषयमा छिट्टै गाउँपालिका लागिपर्ने र बजार व्यवस्थित गरी उपभोग्य वस्तुमात्रै बिक्री गर्न लगाइने बताए । “चाडपर्वहरु दशैं, तिहार र छठ पर्व नजिकिदैं गएको छ । यो सुझाव प्रति गाउँपालिका गम्भिरताका साथ लाग्नेछौं । तत्काल अनुगमन गरेर अनियमितालाई नियन्त्रण तथा नियमन गर्न प्रतिबद्ध भएर लाग्नेछौं,” घलानले भने ।

कार्यक्रममा वाईसिएल बागमतीका पदाधिकारीहरु, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका पदाधिकारीहरु, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।