२०८० चैत्र १५, बिहीबार    

मनहरीमा एमाले छोड्नेको लर्को

२०७९ आश्विन १३, बिहीबार १०:४० बजे

निर्वाचन नजिकिएको अवस्थामा नेकपा एमाले मकवानपुरलाई पुन: अर्को झट्का लागेको छ ।

विहीबार विहान हेटौंडा–५ स्थित सानोपोखरा पार्टी कार्यालयमा चियापान समारोह चलिरहँदा मनहरीमा भने ५२ जनाले पार्टी परित्याग र वडा कमिटी भंग भएको घोषणा गरेका छन् । एमालेले समाजवादीको नेतृ मनिला विष्टलाई पार्टी प्रवेश गराएसँगै मनहरीमा पार्टी परित्याग गर्नेको घुईंचो नै लागि रहेको छ ।

पूर्वगाउँपालिका प्रमुख एकराज उप्रेतीको वडामा समेत रहेका मनहरी–८ का वडा अध्यक्ष सूर्यलाल स्याङ्तानसहित उनीहरुले पार्टीको जिम्मेवारीबाट अलग भएको र वडा कमिटी विघटन भएको घोषणा गरेका हुन् । एमाले स्थानीय नेता दीलबहादुर स्याङ्तानको उपस्थितिमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुले पार्टीको स्थानीय कमिटीसँग छलफल नै नगरी विष्टलाई भित्र्याएकोभन्दै आक्रोश समेत पोखेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार र पार्टीलाई लक्षित गरी विष्टले अनावश्यक र अराजक टिप्पणी गरेको उनीहरुको भनाइ छ । उनीहरुले पार्टी विभाजन भएसँगै विष्टको कार्यशैलीलाई लिएर पार्टीसँग गुनासो समेत गर्दै आइरहेका थिए