२०८१ बैशाख १७, सोमबार    

तरुण दलको स्थापना दिवसमा खाद्यान्न सहयोग

२०८० कार्तिक १०, शुक्रबार १९:०३ बजे

नेपाल तरुण दल मकवानपुरले स्थापना दिवसको सन्दर्भ पारेर शुक्रबार खाद्यान्न वितरण गरेको छ ।

तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा हेटौंडा–१४, मयुरथधापस्थित अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमै पुगेर दाल, चामल, नुन, तेल, प्याज तथा आलुलगायत खाद्यान्न वितरण गरेको हो ।

नेपाल कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस मकवानपुर पूर्वसभापति रघुरमण न्यौपाने, तथा सचिव इश्वर पाठकले संस्थाका अध्यक्ष रामहरि कोइरालालाई संयुक्तरुपमा खाद्यान्न हस्तान्तरण गरेका थिए ।

खाद्यान्न हस्तान्तरण गर्दै तरुण दल मकवानपुरका कार्यवाहक अध्यक्ष लिलाराज सापकोटा (सन्तोष)ले आफ्नो संगठन सदैव सामाजिक क्रियाकलापमा क्रियाशील रहेको बताए । ‘हामीले स्थापना दिवसलाई रचनात्मक तवरबाट मनाउने क्रममा खाद्यान्न वितरण गरेका हौं ।’, उनले यसै संस्थालाई वर्षेनी यसैगरी सहयोग गर्ने गरेको जानकारी दिए ।