२०८१ बैशाख २२, शनिबार    

हेटौंडामा ‘अटोभिलेज’ को शिलान्यास

२०७९ माघ २९, आईतबार १३:४० बजे

वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा सवारी मर्मत केन्द्र एकै स्थानबाट हुने भएको छ । शहरको सौन्दर्यमा सुधार गर्न भन्दै उपमहानगरले हेटौंडा–११ स्थित राप्ती नदी उकासमा करिब ३१ बिगाहा क्षेत्रफलमा अटोभिलेज बनाउन लागेको हो ।

अटोभिलेजको उपमहानगरकी मेयर मीनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छिन् । उनले एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा व्यवसायीहरुलाई आफूले चाहेको क्षेत्रफलको जग्गा लिजमा उपमहानगरले उपलब्ध गराउने बताइन् । लामाका अनुसार व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने व्यवस्था गरेको छ ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपैयाँ बजेटमा तटबन्ध गरेपछि उक्त जग्गा निस्किएको हो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन सम्याउने सहितको काम थालिएको जनाएको छ ।

अटो भिजेजमा चार्ज स्टेशन, थ्री–वाइलर, फोर– वाइलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेव इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।