२०८१ बैशाख २७, बिहीबार    

मुख्यमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी नहुने

२०७८ माघ २, आईतबार ०९:५४ बजे

हेटौंडा/ कोरोना संक्रमण दर बढेसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् । पाण्डेले मन्त्रालयभन्दा बाहिर हुने कार्यक्रममा सहभागी नहुने आफ्नो सचिवालयले बताएका छन् ।

मुख्यमन्त्रीका निजी सचिव अच्युतप्रसाद उपाध्यायका अनुसार मुख्यमन्त्री पाण्डे सहभागी हुने निश्चित भइसकेका करिब एकदर्जन बढी कार्यक्रममा रद्ध गरिएको छ । उनका अनुसार माघ ९ गतेका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा भवन उद्घाटनमा भने मुख्यमन्त्री सहभागी हुने निश्चित भएको छ । ‘न्यून संख्यामा स्थानीय सहभागी हुने भएपछि उक्त कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो ।’, उपाध्यायले भने ।

उपाध्यायका अनुसार पुस ३० गतेबाटै मुख्यमन्त्री सार्वजनिक समारोहमा उपस्थित हुन छाडिसकेका छन् ।