२०८० चैत्र १६, शुक्रबार    

मेयर लामाको पहिलो निर्णय कार्यान्वयन गर्न बजेट

२०७९ असार १२, आईतबार १७:०९ बजे

सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएकी मीनाकुमारी लामाको पहिलो निर्णय कार्यान्वनतर्फ अगाडि बढेको छ ।

आइतबार उपमहानगरले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उक्त विषय समेटिएको छ । उपमेयर राजेश बानियाँका अनुसार सीमान्तकृत तथा गरिव १५४१ घरपरिवारको स्वास्थ्य वीमाका लागि ५३ लाख रुपैयाँ विनियोजित गरिएको छ ।

मेयरले घोषणा गरेअनुसार खानेपानी र विद्युत पनि नि:शुल्क उपलब्ध गराइने बताइएको छ ।