२०८१ बैशाख १७, सोमबार    

बसामाडीमा ‘बालबालिकासँग वडाअध्यक्ष’ कार्यक्रम सम्पन्न

२०८० फाल्गुन २, बुधबार १७:४५ बजे

हेटौंडा–३, बसामाडीमा ‘बालबालिकासँग वडाअध्यक्ष’ कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा–३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा वडा अध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल सरकारले सवै स्थानीय तहलाई २०८७ भित्रमा बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने लक्ष्य अनुरुप हेटौंडालाई यसै वर्ष घोषणाको तयारी भइरहेको छ ।

वडा बाल सञ्जालका अध्यक्ष सक्षम चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री सम्पर्क व्यक्ति तथा वडा सदस्य सविना विडारी, देवकी विक, हर्कबहादुर पाख्रिन तथा वडा सचिव महेन्द्र चापागाईंको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालउज्ज्वल माविका प्रधानाध्यापक शम्भुप्रसाद बर्तौला, महेन्द्र किरण माविकी प्रअ तारा गौतम, वडा शिक्षा समिति सदस्य टेकनाथ शिवाकोटी र टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष रोशन गोलेलगायत मन्तव्य व्यक्त गरेका थिए ।

बालमैत्री सम्पर्क व्यक्ति तथा वडा सदस्य विडारीका अनुसार वडाभर सचेतनामूलक र अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।