मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को ‘१’ मा नेकपा एमालेका उम्मेदवार विष्णु ढकालले अग्रता कायम गरेका छन् ।
प्राम्भिक मतगणनाबाटै अगाडि बढेका ढकालले आठ घण्टादेखि पहिलो स्थानमै कायम छन् । हालसम्म मतगणना २२८३ हुँदा ढकालले ९८७ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार कुमारी मोक्तानले ८३३ मत प्राप्त गरेका छन् ।
मोक्तान वाग्मती प्रदेशकी समाजिक विकास मन्त्री समेत हुन् । यसक्षेत्रमा सत्तारुढ गठबन्धन बलियो भएको अनुमान गरिएपनि ढकालले सवैलाई चकित पार्दै अग्रता कायम राखेका हुन् ।