२०८१ बैशाख १७, सोमबार    

नमस्ते सहकारीमा छैन भाका नाघेको ऋण

२०८० आश्विन ६, शनिबार २०:१० बजे

नमस्ते मकवानपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१० टीसीएन रोडले भाका नाघेको ऋण नभएको जनाएको छ ।

सहकारी शनिबार हेटौंडामा भएको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष नवराज खनालले पेश गरेको प्रतिवेदनमा कोरोना महामारी तथा आर्थिक मन्दीको अवस्थामा सञ्चालक समिति र कर्मचारीको सक्रियताका कारण ऋणको सावाँ र व्याज असुली गर्न सफल भएको उल्लेख गरिएको छ ।

सहकारीका ज्येष्ठ सदस्य रुद्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा सहकारी सचिव चिरनकुमार घिमिरे, कोषाध्यक्ष केदार अधिकारीले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका अधिकृत हिमप्रसाद पौडेलको विशेष आतिथ्यता रहेको सभामा पेश भएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रहेको लगानी २ करोड ७० लाख ५५ हजारलाई वृद्धि गरी आव ०७९/०८० मा ३ करोड ४४ लाख २२ हजार रुपैयाँ पुर्‍याइएको छ ।

सहकारी आव २०७८/०७९ मा को तुलनामा आव ०७९/०८० मा कुल सम्पत्तिमा १४.५३ प्रतिशतले वृद्धि गर्दै ३ करोड ८८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । आव २०७८/०७९ मा सहकारीको कुल सम्पत्ति ३ करोड ३२ लवाख ३५ हजार रुपैयाँ रहेको थियो ।