२०८१ बैशाख ३१, सोमबार    

प्रदेश २ को नाम मधेश, राजधानी जनकपुर कायम

२०७८ माघ ३, सोमबार १७:५८ बजे

हेटौंडा/ प्रदेश २ को स्थायी नाम मधेश र राजधानी जनकपुर कायम भएको छ । सोमबार बसेको प्रदेशसभा वैठकले स्थायी नाम र राजधानी दुई तिहाइ मतले कायम गरेको हो । प्रदेश मुकाम तोकिएको करिब चारवर्षपश्चात् प्रदेशसभाको दुई तिहाई मतबाट राजधानी र नाम कायम भएको हो ।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसागै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निष्त्रिृय भएको सभामुख सरोज यादवले घोषणा गरे ।