२०८१ बैशाख ८, शनिबार    

हेटौंडाका शिक्षक एमाले उम्मेदवारको प्रचारमा व्यस्त

२०७९ बैशाख १५, बिहीबार १७:१८ बजे

हेटौंडाका एक शिक्षक नेकपा एमालेका उम्मेदवारको प्रचारमा व्यस्त देखिएका छन् । हेटौंडा-४ कर्रा स्थित श्रमिक माविका शिक्षक गोपिराम प्याकुरेल निरन्तर एमालेका उम्मेदवारको प्रचार व्यस्त देखिएका हुन् ।

निर्वाचन  आचारसंहिता विपरित प्याकुरेलले निरन्तर फेसबुकमा एमालेका उम्मेदवारको प्रचार गरेको भन्दै अन्य दलका कार्यकर्ताले संचारकर्मीलाई सूचना दिएका थिए । श्रमिक माविका अंग्रेजी शिक्षक प्याकुरेल हेटौंडा-११ का बासिन्दा रहेको र उनले एमालेका मेयर, वडा अध्यक्ष लगायतको प्रचार गरिरहेका छन् । निर्वाचन आचारसंहितामा सरकारी सेवा सुविधा उपयोग गर्ने कर्मचारीले कुनैपनि उम्मेदवार वा दलको प्रचार गर्न पाउँदैन । पछिल्लो समय विभिन्न राजनीतिक दल आवद्ध कर्मचारी, शिक्षक, अर्ध सरकारी निकायका कर्मचारीहरू सामाजिक सञ्जालमा उम्मेदवार प्रचार गर्ने क्रम बढेको छ ।

यस्तो कार्यको निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनले निगरानी गर्नुपर्ने आवाज उठेको छ ।