२०८१ बैशाख २६, बुधबार    

रोट्रयाक्ट क्लब अफ मकवानपुर अध्यक्षमा प्रदीपकुमार राई

२०७९ असार ७, मंगलबार १८:११ बजे

रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रदीपकुमार राई चयन भएका छन् ।

क्लब अध्यक्ष प्रतीक्षा न्यौपानेको सभाध्यक्षतामा भएको भेलाले क्लबको आगामी रोट्रा वर्ष २०२२/२३ को लागि राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको उपाध्यक्षमा रञ्जिता विष्ट, सचिवमा राजन कटुवाल र कोषाध्यक्षमा अलिशा न्यौपाने चयन भएकी छन् ।

नवनिर्वाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा पूर्वअध्यक्षहरुको सुझावलाई अनुशरण गर्दै सबैलाई समेटेर क्लबलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । क्लब लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको छ ।