२०८१ बैशाख १३, बिहीबार    

हेटौंडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

२०७९ भाद्र ३१, शुक्रबार १२:२६ बजे

हेटौंडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहीबार सम्पन्न भएको छ। भदौं २७ गतेबाट विविध कार्यक्रम सहित सरु भएको जेसिज सप्ताह बिहीबार सम्पन्न भएको हो । हेटौंडा लेडि जेसिज वर्ष-२०२२ का अध्यक्ष कविता पौडेलको सभाध्यक्षमा सम्पन्न जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले  जेसिजले सामाजिक कार्यमा देखाएको तदारुकताले हामीले धेरै कुरा सिक्नुपर्ने बताए। 

 कार्यक्रमअन्तर्गत् सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको जेसीजले जेसीज सप्ताह मुल संयोजक सजिता केसी खत्रीले आमा घर नेपाललाई सहयोग, महिला हिंसाविरुद्ध सचेतना तालिम, हुप्रचौर सरसफाई कार्यक्रम, आत्मरक्षा तालिम, वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सामग्री हस्तान्तरण, स्लो स्कुटी रेस, डेंगुविरुद्ध सचेतना कार्यक्रम गरिएको जानकारी दिइन् । कार्यक्रमअन्तर्गत् भएका प्रतियोगिताका उत्कृष्टहरुलाई रस्कृतसमेत गरिएको छ । 

वक्तृत्वकला प्रतियोगितामा उचित बजगाई प्रथम, सुनील न्यौपाने द्धितीय, सुदिन पौडेल तृतीय र मधु यादव सान्त्वना भएकोमा उनीहरुलाई क्रमशः पाँच, तीन र दुई हजार नगद प्रदान गरिएको छ । स्लो स्कुटी रेस प्रतियोगितामा प्रथम भएकी लक्ष्मी थापा मगर, द्धितीय  रिता ठकुरी र तृतीय  प्रतिक्षा न्यौपानेलाई हेल्मेट पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमको विशिष्ट अतिथी जेसिज राष्ट्रिय उपाध्यक्ष तथा  निरुपित राष्ट्रिय जेसिज  क्षेत्र ख की उपाध्यक्ष रश्मी बस्नेत रहेकी थिइन।समापान तथा पुरस्कार वितरण कार्यक्रममा हेटौंडा वडा नम्बर २ का वडाध्यक्ष विष्णु गोपाल महर्जनको आतिथ्यता रहेको थियो। 


कार्यक्रममा जेसिज सप्ताह मुल संयोजक सजिता केसी खत्री, हेटौंडा जेसिज अध्यक्ष पवन कुमार कंशाकार, लेडि जेसिज पुर्व अध्यक्ष शुसिला पौडेल,प्रतिमा श्रेष्ठ,  हेटौंडा जेसिज महासचिव विकेशलाल श्रेष्ठ,विभिन्न शाखा जेसिज प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको समापन पुरस्कार वितरण तथा समापान संयोजक शिखा शर्माले गरेकी थिइन। कार्यक्रम संचालन हेटौंडा लेडि जेसिज महासचिव दिलु घर्ती मगरले गरेकी थिइन।