२०८१ बैशाख १७, सोमबार    

जम्कट्टेलले प्राप्त गरे विश्वासको मत

२०८० चैत्र १९, सोमबार १८:२५ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेशसभा वैठकबाट उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । उनले यसअघि अघिल्लो वर्ष पुस २७ र चैत १० गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री जम्कट्टेलले सदनमा विश्वासको मत माग्दै पेश गरेको प्रस्तावको पक्षमा ५६ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा ३७ जनाले मत व्यक्त गर्दा १५ जनाले तटस्थमा मतदान गरे ।

शालिकरामलाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्राप र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरेका थिए । मतदान प्रक्रियामा हानेपाका २ सांसद अनुपस्थित थिए । प्रदेशसभामा ११० जना सांसद रहेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा वैठक करिब ३ घण्टा ढिलो गरी सुरु भएको थियो ।