२०८१ आश्विन २६, शनिबार    

उपमहानगरले बोलायो विशेष नगरसभा, कर समायोजन अमान्य हुने संकेत

२०८१ भाद्र २६, बुधबार १२:४१ बजे

हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभा बोलाएको छ । उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो ।

विशेष नगरसभा बोलाउने निर्णय भए पनि उपमहानगरले कर समायोजनलाई ‘अमान्य’को संकेत दिएको छ । कर समायोजनका विषयमा व्यापक छलफल गरी नवगठित कार्यदललाई करको दर हेरफरमा आवश्यक सहजीकरण गर्ने अधिकारी प्रत्योजन गरेर विशेष नगरसभा स्थगित गरिने भएको छ ।

कर समायोजन गर्ने प्रस्ताव विशेष नगरसभामा जानुपूर्व विभिन्न विषयगत समितिहरुमा छलफल भएर राजश्व परामर्श समिति हुँदै जानुपर्ने हुन्छ । तर, चौतर्फी अन्यौलताबीचमै नगरसभा बोलाइएको छ ।

नगरसभाको मिति तोक्ने विषयमा नै सहमति हुन नसकेको अवस्थामा कर घटाउने वा नघटाउने भनेर पर्याप्त छलफल नगरी विशेष नगरसभा बोलाइएपछि ब्यवसायीको माग पूर्णरुपमा सम्बोधन हुने सम्भावना न्यून छ ।