२०८१ बैशाख १७, सोमबार    

मकवानपुरमा सुरु भयो मतदान

२०७९ मंसिर ४, आईतबार ०७:०६ बजे

मकवानपुरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान प्रक्रिया दिउँसो ५ बजेसम्म रहनेछ ।

 प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवार छनौट निर्वाचनमा मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता सहभागीहुँदै छन् । उनीहरुले दुईजना प्रतिनिधिसभा र चारजना प्रदेशसभा सदस्य प्रतयक्षतर्फ छनौट गर्नेछन् । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।