२०८१ माघ २८, सोमबार    

कांग्रेस महामन्त्री विश्वप्रकाश हेटौंडा आउँदै

२०८१ भाद्र २६, बुधबार १६:१६ बजे

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् ।

हेटौंडामा भदौ ३० गते हुने स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न उनी हेटौंडा आउने भएका हुन् । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा २०८१ गर्न हेटौंडामा कार्यक्रम आयोजना गर्न लागिएको हो । विभागले आफ्नो पहिलो कार्यक्रम वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गर्ने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरले बुधबार हेटौंडामा पक्रकार सम्मेलन गर्दै कार्यत्रमको तयारी सुरु भएको जानकारी दिएको छ । ‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । कार्यत्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं ।’, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुने छ ।

‘अब विभागले देशैभर स्थानीय तहका उम्मेदवारसँग अन्तक्रिया गर्नेछ ।’, उनले भने । यस विभागको प्रमुखमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् ।