२०८१ जेठ ६, आईतबार    

मनहरी ‘पिठो काण्ड’का टीकाराम एमालेको चुनावप्रचारमा

२०७९ बैशाख २२, बिहीबार १०:०१ बजे

बालबालिकाका लागि आवश्यक पौष्टिक तत्वसहितको सरकारी अनुदानमा प्राप्त पिठो कुहियाएको काण्डमा मुछिएका मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एमालेका उम्मेदवार जिताउन सक्रिय पूर्वक लागि रहेका छन् ।

मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारी एमालेका उम्मेदवारलाई जिताउन आफ्नो सामाजिक सञ्जालमार्फत् दैनिकरुपमा आग्रह गरिरहेका छन् । उनले एमालेका उम्मेदवारको प्रचार सामग्री आफ्नो फेसबुक पेजमार्फत् शेयर समेत गरिरहेका छन् ।

मनहरी गाउँपालिकाका बालबालिकाका लागि सरकारले अनुदानबापत् उपलब्ध गराएको पोषण युक्त पिठो विभिन्न बहाना बनाएर कुहियाएको अवस्था उनलाई गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संरक्षण गरेका थिए । त्यसकै गुण तिर्दै उनी अभियानमा लागेको जानकारहरु बताउँछन् ।

पिठो काण्डको विषयमा वाइसीएलले पर्दाफास गरेको थियो । कर्मचारीको लापरबाहीका कारण ३९ बोरा अर्थात ११ सय ७० किलोग्राम पोषिलो  पिठो नष्ट गरिएको  हो । गत  भदौ ३ गते वाइसीएल मनहरी गाउाकमिटीले  गाउापालिकाको कार्यालय नजिकैको एक घरमा भण्डारण गरी राखेको अबस्थामा फेला पारी  सार्वजनीक गरेको थियो ।