२०८१ बैशाख २७, बिहीबार    

बेपत्ता पारिएका व्यक्तिका विषयमा सहजीकरण गरिदिन आग्रह

२०७८ चैत्र २, बुधबार १८:४३ बजे

वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीसँग भेटघाट गरेका छन् ।
भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवम् नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरेका थिए । उनले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउान सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह समेत गरेका थिए ।
भेटघाट तथा छलफलमा आयोगका सदस्यहरु सुनिलरञ्जन सिंह, सहसचिव कृष्णप्रसाद पुडासैनी, उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, उपसचिव कृष्णप्रसाद आचार्यको समेत उपस्थिति थियो ।