२०८१ बैशाख ७, शुक्रबार    

कमल थापाको इलाकामा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

२०७८ चैत्र २७, आईतबार १६:१३ बजे

राप्रपाले आइतबार हेटौंडामा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

अध्यक्षमा पराजित भएर कमल थापाले पार्टी छाडेर राप्रपा नेपाल व्युँताएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो पटक हेटौंडा आएका हुन् । थापाको गृह नगरमा लिङ्देनलाई भव्य स्वागत गरिएको थियो । उनलाई लिनका लागि चुरियामाई मै कार्यकर्ता पुगेका थिए । पछिल्लो समय राप्रपाको पक्षमा देखिएको सवैभन्दा ठूलो मास थियो आइतबार हुप्रचौरमा । लिङ्देनका स्वागतार्थ हेटौंडाको बजार क्षेत्रमा सिंगारिएको थियो ।

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले देशव्यापीरुपमा कार्यकर्ता भेला गर्दै शक्ति प्रदर्शन गरिरहेको छ । हेटौंडाको हुप्रचौरमा भएको आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गरेका थिए ।

राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।