२०८० चैत्र १५, बिहीबार    

एमाले मकवानपुरद्वारा प्रतिनिधिसभामा उम्मेदवार सिफारिस

२०७९ भाद्र १८, शनिबार १७:१७ बजे

नेकपा एमाले मकवानपुरले प्रतिनिधिसभा र प्रदेशसभाको सम्भावित उम्मेदवारको नाम टुंगो लगाएका छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मकवानपुर–१ को लागि ५ जनाको नाम सिफारिस गरेको छ । एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको वैठकले प्रतिनिधिसभा क्षेत्र–१ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस गरेको छ ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ का लागि ३ जनाको नाम सिफारिस गरेको छ । वैठकले महेशकुमार बर्तौला, सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।