२०८१ बैशाख १३, बिहीबार    

घर लुट्न खोजेपछि फर्कँदै स्टर्लिङ

२०७९ मंसिर १९, सोमबार १०:२२ बजे

रहिम स्टर्लिङ विश्वकप-२०२२ खेलिरहेको इंग्लिस टिम छाडेर दोहाबाट घर फर्कन लागेका छन् । इंग्लिस व्यवस्थापक गेराथ साउथगेटले सेनेगलमाथि प्राप्त ३–० को जितपछि स्टर्लिङ इंग्ल्यान्ड फर्कन लागेको पुष्टि गरेका हुन् ।

उनले कुनै बेला कसैको जीवनमा फुटबलभन्दा पनि आफ्नो परिवार ठूलो हुने बताएका थिए । स्टर्लिङको लन्डनस्थित घरमा केही हतियारधारी प्रवेश गरेर लुट्न खोजेपछि उनी घर फर्कन लागेका हुन् ।

उनको घरमा यसअघि पनि सन् २०१८ मा हतियारधारीहरू प्रवेश गरेर लुट्ने प्रयास भएको थियो । साउथगेटले स्टर्लिङका लागि घर गएर फेरि दोहा फर्कनका लागि आवश्यक समय दिने पनि बताएका छन् ।