२०८१ बैशाख ३१, सोमबार    

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

२०७९ फाल्गुन ८, सोमबार १८:४४ बजे

मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा जंगली हाक्तीको आत्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।

सोमबार विहान हाक्तीको आत्रमणबाट घाइते भएकी ६४ बर्षीया राधा अधिकारीको उपचारको क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो । हाक्तीको आत्रमणबाट उनको मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । करेसाबारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हाक्तीले आत्रमण गरेको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

हाक्तीको आत्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत् मनहरी–३, लामिटारमा रहेको लामिटार चेकपोष्टमा तोडफोड गरेका थिए । स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोष्टमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पोष्ट नजिकै स्थानीयले आगजनी समेत गरेका छन् । हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

निकुञ्जमा रहेको हात्ती बाटो विराएर आइतबार साँझ त्यसक्षेत्रमा आएको थियो ।