२०८१ बैशाख १८, मंगलबार    

ग्यास व्यवसायी संघ अध्यक्षमा मुडवरी सर्वसम्मत चयन

२०८० आश्विन २०, शनिबार १६:१५ बजे

ग्यास व्यवसायी संघ मकवानपुर अध्यक्षमा केशव मुडवरी सर्वसम्मत चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको संघको ११ औं साधारणसभा तथा ५ औं जिल्ला भेलाले मुडवरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । समितिमा उपाध्यक्ष नवीन लामा, सचिव मदनकुमार न्यौपाने, कोषाध्यक्ष कृष्णबहादुर ढुंगाना, सहसचिव मधुसूदन ढकाल रहेका छन् ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा रमेशप्रसाद कडेँल, रुपक बस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय रौनियार, गोपाल श्रेष्ठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल तथा जीतबहादुर सारुमगर रहेका छन् ।

संघ निवर्तमान अध्यक्ष दिलिसगोविन्द जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा ग्यास उद्योग संघ केन्द्रीय अध्यक्ष शिवप्रसाद घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।