२०८१ बैशाख १५, शनिबार    

सुमो दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

२०७९ मंसिर ७, बुधबार १६:५२ बजे

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार दिउँसो भएको सुमो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्वरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त सुमो सडकदेखि २०० मिटर तल खसेर दुर्घटना हुँदा हाल नाम थर नखुलेको अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ६ जना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं टिचिङ अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

हाल घटनास्थलमा ईलाका प्रहरी चौकी भीमफेदी र स्थानीय प्रहरी रहेका छन् । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।