२०८१ बैशाख १४, शुक्रबार    

उपमहानगरद्वारा पाँच जनालाई व्हिलचेयर सहयोग

२०७९ आश्विन १२, बुधबार १५:४५ बजे

शारीरिकरुपमा अशक्त भइ हिँडडुलमा समस्या व्यहोर्दै आएका पाँच जनालाई हेटौंडा उपमहानगरपालिकाले व्हिलचेयर प्रदान गरेको छ । दैनिक जीवनयापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार व्हिलचेयर प्रदान गरिएको हो ।

शारीरिकरुपमा अशक्त भइ हिँड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ का मानबहादुर बल, १३ का दिलमाया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई सहज हिँड्डुलका लागि उपमहानगरले व्हिलचेयर प्रदान गरेको हो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले शारीरिकरुपमा अशक्त भएकाको परिवारलाई व्हिलचेयर हस्तान्तरण गरेकी हुन् ।

चालु आर्थिक वर्ष २०७९/०८० मा वडातहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो । शारी।िकरुपमा अशक्त रहेकाहरुको परिवारले वडाकार्यालयको सिफारीसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर चलिरहने महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।