२०८१ बैशाख २३, आईतबार    

सविन न्यौपाने हेटौंडा उपमहानगरको प्रवक्ता चयन

२०७९ असार ४, शनिबार २२:०९ बजे

हेटौंडा उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी सविन न्यौपानेलाई प्रदान गरिएको छ ।

शनिवार बसेको नगर कार्यपालिका बैठकले न्यौपानेलाई सर्वसम्मतरुपमा प्रवक्ताको जिम्मेवारी दिइएको हो । न्यौपाने दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको तर्फबाट हेटौंडा–१ को वडा अध्यक्षमा अत्याधिक मतले विजयी भएका थिए । उनले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने मूल्यांकन गर्दै नगर प्रमुख मीनाकुमारी लामाले उनको नाम अघि बढाइएकी हुन् ।

न्यौपाने नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पूर्वसहसचिव, रिपोर्ट क्लब मकवानपुरका पूर्वअध्यक्ष, प्रेस युनियन मकवानपुरको उपध्यक्षको जिम्मेवारी यसअघि कुशलतापूर्वक निर्वाह गरेका थिए । राजनीति प्रवेश अगाडि न्यौपाने मकवानपुरमा कुशल सञ्चारकर्मीको रुपमा आफ्नो पहिचान बनाएका थिए ।