२०८१ बैशाख २०, बिहीबार    

स्थानीय जनताको मुद्धा उठाउन एमाले जिताउन आवश्यक

२०७९ कार्तिक १६, बुधबार १५:५७ बजे

नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य भारती पाठकले स्थानीय जनताको मुद्धाहरुलाइृ सदनमा उठाउनका निमित्त एमाले पार्टीलाई जिताउन आवश्यक रहेको बताएकी छिन् ।

बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी , हेटौंडा ५ को आयोजनामा गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाठकले यस्तो बताएकी हुन् ।

वाग्मती प्रदेश सभाको समानुपातिक उम्मेद्वार समेत रहेकी पाठकले अन्य दलले सार्वजनिक गरेको घोषणा पत्रभन्दा एमालेको घोषणापत्र अब्बल रहको बताईन् । एमालेले कुनै पनि दलले नल्याएको नागरिकताको समस्यादेखि महिला , युवालक्षित कार्यक्रम , उत्पादन केन्द्रितजस्ता धेरै राम्रा कार्यहरु समेटिएको बताईन् । उनले एमाले सरकारमा गए सबै प्रतिवद्धता कार्यान्वयनमा ल्याउने बताईन् ।

पाठकले जनताको भावना बुझेको पार्टी एमालेले जिते मात्रै विकास सम्भव भएको भन्दै पाँच दलिय गठबन्धनले जितेको अवस्थामा भ्रष्टचार मौलाउने बताईन् ।