मकवानपुरगढी गाउँपालिका–७, कलवानस्थित ढुङ्गा खानीमा स्काभेटर दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन् ।
बिहिबार बिहान बा २ क ८६४४ नम्बरको स्काभेटर खोल्सामा करिब ३००–४०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
चालक मकवानपुरगढी गाउँपालिका–६ का ३० वर्षीय भुवन अधिकारीले स्काभेटरबाट हाम फाल्ने ज्यान जोगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको स्काभेटरबाट हाम फाल्ने क्रममा घुँडामा सामान्य चोट लागेर जनाईएको छ ।
दुर्घटनामा स्काभेटर पूर्ण रूपमा क्षति भएको छ भने चालकको अवस्था सामान्य रहेको छ।