२०८१ बैशाख १५, शनिबार    

मधु अधिकारीले राप्रपा परित्याग गरेका छन्

२०७९ बैशाख २३, शुक्रबार १६:४० बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । शुक्रबार  एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भएको भन्दै राप्रपाबाट अलगिएको बताएका छन्।हेटौंडाको मेयरमा उम्मेदवार बन्न तयारी अवस्थामा रहेका अधिकारीलाई उछिन्दै दीपकबहादुर सिंहले राप्रपाबाट मेयरको उम्मेदवारी दर्ता गरेपछि अधिकारीलाई धक्का लागेको थियो । सिंहले उम्मेदवारी दर्ता गरेपछि उनले पार्टी प्रति गुनासो गर्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यसपछि उनी पार्टीको गतिविधि र मत माग्ने कार्यक्रममा देखा परेका थिएनन् । शुक्रबार  एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन्।

‘राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरैसाथिहरु सङ्ग नजिक भए। ,अधिकारीले भनेका छन्,माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’