२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडाको मेयरमा महत, पौडेल र श्रेष्ठ सिफारिस

२०७८ चैत्र २९, मंगलबार १६:३७ बजे

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हालका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । 

यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा नगर कमिटीले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । 

सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ ।