२०८१ बैशाख २८, शुक्रबार    

रथले किच्दा २ को मृत्यु, १६ घाइते

२०७८ माघ १०, सोमबार २२:५१ बजे

बारा/ मधेश प्रदेशको महत्वपूर्ण जिल्ला बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा रथले किचिएर सोमवार राति २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–७ की २३ बर्षीया शैलकुमारी राम र आदर्शकोतवाल –७ की १६ बर्षीया निलम कुमारी राम छिन् ।

दुर्घटनामा १६ जना घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचार कलैया अस्पतालमा भइरहेको छ । ‘विवाहको समयमा दुलहा सियाराम महराको घरबाट निस्कन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो ।’, प्रहरी स्रोतका अनुसार रथ अनियन्त्रित प्राविधिक कारणले भएको हो । घटनाका छानविन गर्न प्रहरी टोली घटनास्थलमा पुगेको छ ।