२०८१ जेठ ४, शुक्रबार    

नेपालसामू क्यानडा निरिह, ८० रनमै प्याकअप

२०७८ फाल्गुन ९, सोमबार १७:०३ बजे

हेटौंडा/ आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा नेपालसामू क्यानडा निरिह सावित भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडाले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।  सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पथ्र्यो । तर नेपाली बलरहरूका अगाडि क्यानडा तहस नहस हुन पुग्यो । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चेका थिए ।

 कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शुन्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनीत धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।

कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाश ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।

अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर पनि सम्भव भएको थियो । नजरलाई अविनाशले आउट गरे । हेयलिगरले सर्वाधिक २४ रन बनाउनेक्रममा २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।