२०८१ बैशाख २३, आईतबार    

किन विवादित हुँदैछन् बानियाँ

२०७८ चैत्र १३, आईतबार १०:०९ बजे

नेपाली कांग्रेसको प्रभावशाली नेता तथा महामन्त्री गगन थापा र सभापतिका उम्मेदवार प्रकाशमान सिंह विपक्षमा हुँदा पनि वाग्मती प्रदेश सभापतिमा विजयी भएसँगै मकवानपुरे नेता इन्द्रबहादुर बानियाँको राजनीति उडानले गति लिन सुरु भएको हो ।

संविधानसभा निर्वाचन र प्रदेश सांसदमा निर्वाचित भएर मकवानपुरे राजनीतिबाट उदायका बानियाँ एक कार्यकाल पार्टी सभापति समेत भए । सभापतिबाट सिधै प्रदेशसभापति बनेका उनी अहिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विश्वासको पात्र हुन् । उनलाई अहिले बालुवाटारसँग सिधै सम्पर्क भएको नेताको रुपमा लिइन्छ । वाग्मती प्रदेशको ‘वेटिङ्ग’ मुख्यमन्त्रीको रुपमा रहेका बानियाँ पछिल्लो समय विवादमा तानिन थालेका छन् ।

उनी पछिल्लो समय कांग्रेसभित्रको राजनीतिका कारण विवादित भइरहेका छन् । जिल्लाको नयाँ नेतृत्व चयन गर्ने क्रममा आफू निकटका नेता तथा कार्यकर्तालाई पूर्णरुपमा वेवास्ता गरी बुद्ध लामालाई सभापतिमा निर्वाचित गराएसँगै उनीमाथि जिल्लामा धावा बोल्न थालिएको छ । अहिले जिल्लामा संस्थापन पक्षको एक समूह र संस्थापनइतर पूर्णरुपमा उनको विपक्षमा रहेका छन् ।
शुक्रबार केन्द्रीय कार्यसमितिको वैठकमा पनि बानियाँले अभिव्यक्त गरेको भनाइलाई सर्वत्र विरोध भएपछि खण्डन गर्नुपर्ने अवस्था आयो । बानियाँले स्थानीय तहको निर्वाचनमा गठबन्धनको विषयमा जिल्ला सभापतिको अधिकार खोस्ने गरी प्रस्ताव ल्याएकोभन्दै केन्द्रीय सदस्य मोहन बस्नेतले आपत्ति जनाए । बस्नेतको आपत्तिसँगै बानियाँले मिडियामार्फत् स्पष्टिकरण नै दिनुपर्ने अवस्था सिर्जना भयो ।

ुटिकट सिफारिस र वितरणको अधिकारबारे म प्रष्ट छु, सम्बन्धित तहले सिफारिस गर्ने र अधिकार प्राप्त तहले वितरण गर्नुपर्छ भन्नेमा म प्रष्ट छु, विधान मैले पनि पढेको छुु(उनले भने(ुगठबन्धन गर्नु परेको अवस्थामा जिल्ला र प्रदेशसंग पनि समन्वय र सल्लाह गर्दा फाइदै पुग्छ मात्रै भनेको हो ।ु, बानियाँले स्पष्टिकरण दिँदै भनेका छन् ।

जिल्लामा सर्वमान्य नेताको छवी बनाएका बानियाँ पछिल्लो समय लगातार विवादमा तानिनुका कारण उनी स्वयम् नै भएको उनी निकट नेताहरुको आरोप छ ।