२०८१ चैत्र ७, बिहीबार    

कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

२०८१ जेठ २६, शनिबार १७:१२ बजे

नेपाली कांग्रेस हेटौंडा १७ ले गैरीगाउँमा क्रियाशील सदस्य भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कांग्रेस हेटौंडा १७ का सभापति नवराज न्यौपानेको सभाध्यक्षता एवम् कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

भेलालाई सम्बोधन गर्दै बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले स्थानीय तहमा गरेका विकास निर्माणका बारेमा समुदायसँग छलफल गरी स्थानीय समस्याको पहिचान एवं समाधानका लागि पार्टीको तर्फबाट पहल गर्दा जनतामा पार्टीप्रतिको विश्वास बढ्दै जाने र लोकतान्त्रिक पद्धतिको विकासमा समेत टेवा पुग्ने दावी गरे ।

उनले राजनीतिमा लामो र निरन्तर संघर्ष गरेको पार्टी भएकाले पार्टीको नीति र नियममा रहेर आफ्नो टोल समाजमा राजनीतिमार्फत सामाजिक कार्य गर्ने तथा पार्टी संगठनलाई क्रियाशिल तथा चलायमान गर्न सक्नेलाई मात्रै क्रियाशिल सदस्यता दिन आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय ललितपुर जिल्ला सचिव बशिष्ठ अधिकारी र महासमिति सदस्य एवं प्राध्यापक प्रमोदहरि गुरागाँईले कांग्रेसको विगत, वर्तमान र भावी रणनीतिका बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, संघीय सभापति दामोदर खनाल, प्रदेश क्षेत्रीय सभापति शुसान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, क्रियाशिल सदस्य अर्जुन देवकोटा, नवप्रवेशी दामोदर दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेला तथा प्रशिक्षण कार्यक्रममा रास्वपा च्ब्त् ९र्‍याट० हेटौंडा उपमहानगर प्रमुख दामोदर दाहाललगायत ११ जना कांग्रेसमा प्रवेश गरेका छन् ।