२०८१ बैशाख १८, मंगलबार    

पाँचसयको लोभमा गाँजासहित चारजना पक्राउ

२०८० आश्विन २५, बिहीबार १६:०८ बजे

प्रहरीले गस्ती गर्ने क्रममा गाँजा बोकेर आएका चार जनालाई गाँजासहित बुधबार राति पक्राउ गरेको छ  ।

इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित पक्राउ गरेको हो । चार जनाले बोरामा प्याक गरेर गाँजा पर्सा राष्ट्रिय निकुन्ज हुँदै भारततर्फ बोकेर लैजाँदै थिए ।

प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् । पर्सा राष्ट्रिय निकुन्ज पार गरेपछि उनीहरुलाई गाँजा बोके बापत प्रतिकेजी ५ सय रुपैयाँ दिने भनि व्यापारीले प्रलोभनमा फसाएको बताएका छन् । उक्त गाँजा कैलाश गाउँपालिकाबाट ल्याएको कुरा उनीहरुले प्रहरी समक्ष बताएका छन् ।